आशिष ठकुरी बैशाख २३ — धादिङ क्षेत्र नम्बर ३ का एमाले सभासद राजेन्द्र प्रसाद पाण्डेले एक वर्ष सम्म आफुले पाउने सम्पुर्ण पारिश्रमिक भूकम्प पीडितहरुका लागि प्रदान गर्ने घोषणा गर्नुभएको छ । रेडियो राजमार्ग ९२.१ मेगाहर्जको महाभुकम्प विशेष कार्यक्रममा बोल्नुहुँदै पाण्डेले रेडियो राजमार्ग बाटै पहिलो पटक भूकम्प पीडितहरुका लागि उक्त सहयोग गर्ने घोषणा गर्नुभएको हो ।
यसैगरी उहाँले गत बैशाख १५ गते आफ्नो छोराको बिवाह स्थगित भएको र बिवाहका लागि छुट्याएको मध्ये ५ लाख रुपैँया भुकम्प पिडीतहरुकै लागी खर्च गर्ने बताउनुभयो । स्थानिय विकास मन्त्री समेत भईसक्नुभएका पाण्डेले पार्टीको तर्फबाट भुकम्प पिडीतहरुलाई घर निर्माणका लागी कम्तीमा १ लाख रुपैँया र कम्तीमा ५ लाख रुपैँया १० वर्ष सम्म ब्याज तिर्न नपर्ने गरी ऋण दिनुपर्छ भन्ने प्रस्ताव अघि सारेको बताउनुभयो ।
हरेक परिवारमा ऋण, अनुदान गरेर करीब १० लाखको प्याकेज ल्याएर देशलाई अब बिस्तारै विकासको गति तर्फ धकेल्नुपर्ने सभासद पाण्डेको भनाई छ । २४ गते विहिबार हुने सँसदको विशेष अधिवेशन बाट भुकम्प पिडित जनताको लागी विशेष प्याकेजको निर्णय गर्ने पनि उहाँले बताउनुभएको छ ।
No comments:
Post a Comment