अर्चिता उप्रेती
२२ बैशाख, महादेवस्थान — धादिङको महादेवस्थान गाउँ विकास समितीमा भुकम्प पिडीतहरुका लागि राहत वितरण मँगलबार देखी सुरु भएको छ । गाउँ विकास समितीका सचिव रमेश पौडेलको अध्यक्षतामा बसेको बैठकले राहत वितरणको निर्णय गरेपछि जिल्ला दैविक प्रकोप उद्धार समिती धादिङबाट आएको राहत रकम गाविसका १ सय ३० घरधुरीलाई वितरण गरीएको हो ।
गाविसका कुल १ हजार ४ सय २२ घरधुरी मध्ये ४ सय १० भुकम्पका कारण पुर्ण रुपमा र एक हजार बाईस घरधुरी आँशिक रुपमा क्षति भएका छन् । पुर्ण रुपमा क्षति भएका ७७ घरधुरी मध्ये प्रत्येक घरधुरीलाई ७ हजार र आँशिक क्षति भएका ५३ घरधुरीलाई ३ हजार राहत वितरण गरीएको छ । मँगलबार गाविसको ३, ६ र ७ वडाका १ सय ३० घरधुरीलाई ६ लाख ९८ हजार रुपैँया राहत वितरण गरीएको गाविसले जनाएको छ । यसैगरी गाविसका २ सय ९३ घरधुरीले चामल, चिउरा लगायतका खाद्यान्न सामाग्री राहत पाएका छन् भने १ सय तिन .घरधुरीले मात्र त्रिपाल पाएका छन । महादेवस्थान गाविसमा कुनै मानविय क्षति नभएपनि ४ जना भने सामान्य घाईते भएका छन् ।
शान्ति नेपाल, प्रयास नेपाल, महादेवस्थान प्रहरी चौकी, महादेवस्थान स्वास्थ्य चौकी, स्थानिय सहकारी, आमा समुह सञ्जाल विद्यालयका शिक्षक लगायतको सहयोगमा गाविसमा भुकम्प पिडीतहरुको तथ्याङ्क सँकलन गरीएको थियो । तथ्याङ सँकलन बाट वडा नम्बर ४ को लाईपुर र खर्कमा घर, अन्नपात, पशु सहित बढि क्षति भएको पाईएको छ । गाविसका बाँकि क्षेत्रमा राहत वितरण बुधबार देखी जारी रहने गाउँ विकास समितीले जनाएको छ ।
No comments:
Post a Comment