पब्लिक न्युज नेपाल

Thursday, April 23, 2015

आज पुस्तक दिवस

बैशाख १० - आज विश्व पुस्तक तथा प्रतिलिपी अधिकार दिवस । पुस्तक, लेखक र प्रतिलिपी अधिकार सुरक्षित राख्ने कानूनको सम्मानमा जोड दिंदै नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाईंदैछ । राष्ट्रसंघीय शैक्षिक, बैज्ञानिक तथा साँस्कृतिक संघ युनेस्कोको आह्वानमा सन् १९९५ देखि अप्रिल २३ तारिखका दिन यो दिवस विश्वभर मनाउन थालिएको हो ।
नेपालमा भने केही वर्ष अघिदेखि मात्र यो दिवस मनाउन थालिएको हो । पछिल्ला वर्षहरुमा पुस्तक पढ्ने बानीको विकास हुन थालेको स्रष्टाहरुको भनाई छ । सर्जकको अनुमति बिना नक्कल गर्न, उत्पादन गर्न र बिक्री वितरणमा रोक लगाउने कानूनको रुपमा नेपालमा प्रतिलिपी अधिकार ऐन २०५९, प्रतिलिपी अधिकार नियमावली २०६१ कार्यान्वयनमा छ ।
अप्रिल २३ तारिख विश्व प्रशिद्ध नाटककार विलियम शेक्सपियरको निधन भएको दिन पनि हो । 

Sunday, April 19, 2015

दक्षिण कोरिया जान चाहने घटे - भाषा परीक्षाको लागि साढे ५१ हजारको आवदेन

काठमाडौं, वैशाख ७ – रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया जान यो वर्ष ५१ हजार ४ सय ९९ जनाले भाषा परीक्षाका लागि आवेदन दिएका छन् । बिहीबारदेखि आइतबारसम्म तोकिएको अवधिमा ५१ हजार ४ सय ९९ जनाले आवेदन दिएको वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाले जानकारी दिनुभयो ।
गएको वर्ष ६२ हजार ५१४ जना जनाले भाषा परीक्षाको लागि आवेदन दिएकोमा यस वर्ष ११ हजार १५ जना कमले आवेदन दिएका छन् ।  काठमाडौँभित्र २६ हजार ८ सय ५५ जना र उपत्यका बाहिर २४ हजार ६ सय ४४ जनाले आवेदन दिएका छन् । परीक्षा उत्तिर्ण हुने आवेदकले उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रमा मात्र रोजगार आवेदन फाराम भर्न सक्नेछन् । यसवर्ष उत्पादनमूलक क्षेत्रतर्फ सात हजार एकसय जनालाई भाषा परीक्षा पास गर्ने अनुमान गरिएकामा चार हजार ९ सय तथा कृषि तथा दुई हजार दुईसय जना पशुपालन क्षेत्रमा कोरिया लैजाने तयारी गरिएको छ ।
गएका वर्षहरूमा भाषा परीक्षा उत्तिर्त भएपनि धेरै नेपाली कोरिया जान नपाएका कारण यो वर्ष कोरियाको आकर्षण घटेको अनुमान गरिएको छ । शाखाका निर्देशक बास्तोलाले कोरीयाको रोजगारी आकर्षणमा कम भएको कारण नभई विभिन्न परीक्षा यही समय परेकोले यो वर्ष  गत वर्ष भन्दा कम आवेदन परेको बताउनुभयो ।
भाषा परीक्षा आगामी जेठ ३० र ३१ गते हुने तथा नतिजा साउन १६ गते प्रकाशित गरिने इपिएस कोरिया शाखाले जनाएको छ ।
UJYALOONLINE.COM

चितुवाको आक्रमणबाट बालकको ज्यान गयो

वैशाख ७ – बैतडीको उदयदेव गाविसमा चितुवाको आक्रमणबाट एक बालकको ज्यान गएको छ । उदयदेव गाविस ४ का महनसिह साउदका ७ वर्षिय छोरा शिवराजको आइतबार बेलुकी चितुवाको आक्रमणबाट ज्यान गएको हो ।
बेलुकी झण्डै ७ बजेतिर घर नजिक चितुवाको आक्रमणमा परेका उनको राती १० बजेपछि घरबाट १ किलोमिटर पूर्वमा शव भेटिएको  जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
त्यस क्षेत्रमा अहिलेसम्म चितुवाको आक्रमणबाट १९ जनाले ज्यान गुमाईसकेका छन् ।

विद्युत प्राधिकरणको लापरवाहिले रेडियो सञ्चालनमा फेरी समस्या

आशिष ठकुरी
बैशाख ७, धार्के — धादिङको गोगनपानीमा रहेको विद्युत ट्रान्सफर्मर बिग्रीएको एक हप्ता बितिसक्दा पनि मर्मत नहुँदा रेडियो सञ्चालनमा फेरी समस्या आएको छ । गोगनपानी ९ ठुलोडाँडामा रहेको विद्युत ट्रान्सफर्मर गत आईतबार नै मर्मतका लागि ललितपुरको बालकुमारीे लगिए पनि विद्युत प्राधिकरणको लापरवाहिका कारण मर्मतमा ढिलाई हुँदा धादिङको नौविसे १ धार्के स्थित रेडियो राजमार्गको नियमित प्रसारणमा समस्या आएको हो । गोगनपानी ४ रानीमालामा रहेको रेडियोको प्रसारण केन्द्रमा विद्युत सेवा बन्द भएपछि गत महिना पनि एक हप्ता रेडियोको नियमित प्रसारणमा समस्या आएको थियो ।
 रेडियोको प्रसारण केन्द्रमा सौर्य विद्युत जडान गरेकाले दिउँसोको समयमा रेडियो प्रसारणमा कुनै समस्या नभएपनि विहान र बेलुकी २/२ घण्टा भने समस्या हुँदै आएको रेडियो राजमार्गका अध्यक्ष नारायण सुबेदीले बताउनुभयो । धादिङको गोगनपानी र थाक्रेको केहि भाग सहित नौविसे, केवलपुर, जिवनपुर र छत्रेदेउराली गाउँविकास समितीमा अहिले दैनिक ८ घण्टा लोडसेढिङ हुँदै आएको छ । जिल्लाको अन्य गाविस र नगरपालिकामा भने दैनिक २ घण्टा मात्र लोडसेढिङ हुने गरेको छ । 
 चट्याङ र हावाहुरीका कारण बिग्रीएको २५ के भि ए क्षमताको ट्रान्सफर्मर मर्मत भएर भोलि मँगलबार मात्र जडान हुन सक्ने विद्युत प्राधिकरण धार्के प्र शाखाका प्रमुख केदार प्रसाद लामिछानेले बताउनुभयो । विद्युत प्राधिकरणको आफ्नै मर्मत केन्द्र लैनचौरमा मर्मत गर्न निकै ढिला गर्ने भएकाले निजी मर्मत केन्द्र बालकुमारीमा लगिएको लामिछानेले बताउनुभयो । चट्याङले ट्रान्सफर्मरको एउटा फेज जलेको र बाँकी २ वटा फेजले बत्ति बल्ने भए पनि मिल तथा कारखानाहरु नचलेकाले मर्मत गर्न पठाईएको  प्राधिकरणले जनाएको छ । विद्युत अवरुद्घ हुँदा गोगनपानीको वडा नम्बर ४ र ९ का एक सय भन्दा बढि घरधुरीका स्थानिय अँध्यारोमा बस्न बाध्य भएका छन् । लामो समय विद्युत आपुर्ति बन्द भएपछि दैनिक कामकाज गर्न पनि समस्या भएको स्थानिय सन्तुमाया तामाङले बताउनुभयो ।
नौविसे, जिवनपुर, केवलपुर, गोगनपानी, थाक्रे तसर्पु भुमेस्थान गाविस हेर्ने विद्युत प्राधिकरण शाखाको उद्योग, कलकारखाना बाहेक साँढे नौ हजार ग्राहक रहेका छन् ।

एउटै रुखमा पासो लगाएर तीन बालिकाद्वारा आत्महत्या

वैशाख ६– बझाङको सुर्मा गाविसमा एउटै रुखमा पासो लगाएर तीन बालिकाले सामूहिक आत्महत्या गरेका छन् । बझाङको सुर्मा गाविस–५ का १४ वर्षीया जुनतारा पुजारा, १४ वर्षीया रेखा पुजारा र १५ वर्षीया कविता बोहराले जङ्गलमा एउटै रुखमा नाम्लोले पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
लिपपोत गर्न माटो लिन शुक्रबार तीनै जना घरबाट निस्केका थिए । बेलुका घर नफर्केपछि खोजीमा जुटेका आफन्तले शनिबार माटो खन्ने ठाउँ नजिकैको बाघमारा जङ्गलमा पासो लगाएको अवस्थामा उनीहरूको शव भेटाएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयमा प्रमुख प्रहरी नायब महानिरीक्षक रामकुमार खनालले जानकारी दिनुभयो ।
उहाँका अनुसार घटनास्थल सदरमुकामभन्दा टाढा रहेकाले पूर्ण विवरण आउन बाँकी छ । मृतक तीनै जना माटो लिन बोरा र नाम्लो लिएर गएको समेत बुझिएको छ । जिल्ला प्रहरी कार्यालय बझाङले तीन बालिकाको शव आज बिहान सदरमुकामस्थित जिल्ला अस्पतालमा शव परीक्षणपछि आफन्तको जिम्मा लगाइसकेको जनाएको छ ।
बालिकाहरू सुर्मा उच्च माविमा कक्षा ७ र ८ मा अध्ययरत थिए । आत्महत्याको कारण भने खुल्न सकेको छैन । सदरमुकामबाट झन्डै छ घन्टाको पैदल दूरीमा घटनास्थल पर्छ ।
राससवैशाख ६– बझाङको सुर्मा गाविसमा एउटै रुखमा पासो लगाएर तीन बालिकाले सामूहिक आत्महत्या गरेका छन् । बझाङको सुर्मा गाविस–५ का १४ वर्षीया जुनतारा पुजारा, १४ वर्षीया रेखा पुजारा र १५ वर्षीया कविता बोहराले जङ्गलमा एउटै रुखमा नाम्लोले पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
लिपपोत गर्न माटो लिन शुक्रबार तीनै जना घरबाट निस्केका थिए । बेलुका घर नफर्केपछि खोजीमा जुटेका आफन्तले शनिबार माटो खन्ने ठाउँ नजिकैको बाघमारा जङ्गलमा पासो लगाएको अवस्थामा उनीहरूको शव भेटाएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयमा प्रमुख प्रहरी नायब महानिरीक्षक रामकुमार खनालले जानकारी दिनुभयो ।
उहाँका अनुसार घटनास्थल सदरमुकामभन्दा टाढा रहेकाले पूर्ण विवरण आउन बाँकी छ । मृतक तीनै जना माटो लिन बोरा र नाम्लो लिएर गएको समेत बुझिएको छ । जिल्ला प्रहरी कार्यालय बझाङले तीन बालिकाको शव आज बिहान सदरमुकामस्थित जिल्ला अस्पतालमा शव परीक्षणपछि आफन्तको जिम्मा लगाइसकेको जनाएको छ ।
बालिकाहरू सुर्मा उच्च माविमा कक्षा ७ र ८ मा अध्ययरत थिए । आत्महत्याको कारण भने खुल्न सकेको छैन । सदरमुकामबाट झन्डै छ घन्टाको पैदल दूरीमा घटनास्थल पर्छ ।
रासस

आइपिएल क्रिकेट : राजस्थानद्वारा चेन्नेइ ८ विकेटले पराजित

वैशाख ६ - इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको आइतबारको पहिलो खेलमा  राजस्थान रोयल्स विजयी भएको छ । चेन्नाइ सुपर किंगलाई ८ विकेटले पराजित गर्दै राजस्थान समूहको शीर्ष स्थानमा कायमै रहेको छ ।
चेन्नाइले दिएको १ सय ५७ रनको लक्ष्य राजस्थानले १० बल बाँकी छँदा २ विकेटको क्षतिमा भेट्टायो । उसका लागि अजिन्क्या रहाणेले नटआउट ७६ रन बनाए भने सेन वाटसनले ७३ रन बनाए ।
यसअघि  पहिले  ब्याटिङ्ग रोजेको चेन्नेइले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो ।
उसका लागि लागि ड्वेन ब्राभोले नटआउट ६२ र महेन्द्रसिंह धोनीले नटआउट ३२ रन बनाए । खेलेका ५ वटै खेल जितेको राजस्थान १० अंकका साथ शीर्ष स्थानमा रहेको छ । ४ खेलमा ३ जित र १ हारका साथ ६ अंक जोडेको चेन्नेइ दोश्रो स्थान
मा रहेको छ ।

लिबियाको समुद्रमा डुंगा डुब्दा झण्डै ७ सय व्यक्ति डुबेको आशंका

वैशाख ६ - लिबियानजिकै आप्रवासी चढेको डुंगा समुद्र डुब्दा झण्डै ७ सय व्यक्ति डुबेको आशंका गरिएको छ । गैरकानूनी रुपमा युरोप प्रवेश गर्न खोज्ने क्रममा डुंगामा चढेका झण्डै ७ सय जना डुबेको हुनसक्ने संयुक्त राष्ट्र सङघीयउच्च शरणार्थी आयोगले जनाएको छ ।
दुर्घटनामा परेका २८ जनाको भने जीवितै उद्धार गरिएको बिबिसीले जनाएको छ । उद्धार गरिएका व्यक्तिका अनुसार डुंगामा ७ सयभन्दा बढी चढेका थिए । हराएकाको खोजी भैरहेको छ ।
यो वर्षको सुरुदेखि अहिलेसम्म अवैध रुपमा युरोप प्रवेश गर्न खोज्ने डुंगा लिबिया र इटालीबीचको समुद्रमा हुँदा १५ सयभन्दा बढीको ज्यान गैसकेको छ ।

आग्लोले हानेर श्रीमानको हत्या

आशिष ठकुरी  धादिङ, बैशाख  ६ – धादिङको निलकण्ठमा आफ्नै श्रीमतीले आईतबार श्रीमानको हत्या गरेकी छिन् । निलकण्ठ नगरपालिका – २ तिनघरेकी ४१ वर्षिया दाउरी परियारले आज दिउँसो १ बजे आफ्नै श्रीमान् ४५ वर्षिय कृष्ण परियारलाई ढोकामा प्रयोग गरीने आग्लोले टाउकोमा हानेर हत्या गरेकी हुन् । 
 टाउकोमा आग्लोले हानेपछि गम्भिर घाईते हुनुभएका परियारलाई उपचारका लागी अस्पताल लैजादैँ गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घरायसी विवादमा घटना भएको प्रहरीले बताएको छ । परियारको शव पोष्टमार्टमका लागी जिल्ला अस्पतालमा राखिएको छ । हत्या गर्ने दाउरीलाई प्रहरीले पक्राउ गरेको छ । 

Saturday, April 18, 2015

हसाउंदै नचाउँदै गाउँ गाउँमा एम.जि. तामाङ

आशिष ठकुरी

कामलाई निरन्तरता दिँदै जाने होे भने एक दिन पक्कै सफल भईन्छ, अभिनय र गायन मार्फत त्यहि सफलताको सिँढीहरु उक्लँदै गरेका व्यक्ति मध्येमा पर्छन् धादिङको केवलपुरमा जन्मिएका माधव घले तामाङ । विं स २०५२ साल बैशाख ११ गते केवलपुर—५, जफती धादिङमा जन्मिएका तामाङलाई धेरैले एम.जि. तामाङ भनेर चिन्ने गर्दछन । विद्यालय पढ्दा देखि नै हंसिलो र कमेडी पारा एम जि सधै सवैलाई हँसाउने गर्दथे । अहिले उनी मानिसलाई जति हँसाउन सक्छन् त्यति नचाउन पनि सक्छन । धादिङको गाँउ—गाँउ, बस्ती—बस्तीको हरेक कार्यक्रममा पुग्दै जनसमुदायलाई हँसाउदै आएका एम.जि अन्य जिल्लाको गाँउ बस्तीमा पुगेर पनि हँसाउन र नचाउन आफ्नो रुची भएकोे बताउँछन् । 


बाबु मङ्गल बहादुर घले र आमा मुरली घलेका एक छोरी र तिन छोरा मध्येका जेठा छोरा हुन्, एम.जि. तामाङ (माधव घले तामाङ) । उनले केवलपुर — १ पण्डित पौवामा रहेको श्री ज्योती उच्च माध्यमिक विद्यालयबाट विं.सं. २०६९ सालमा एसएलसी परिक्षा दिएका हुन् । कक्षा १ देखी नै ज्योती उच्च माध्यमिक विद्यालयमा अध्ययन गरेका एम.जि. अहिले पनि सोहि विद्यालयमा उच्च शिक्षा हासिल गरिरहेका छन् । विद्यालयले आयोजना गर्ने हरेक कार्यक्रमहरुमा सहभागीता जनाउँदै आईरहेका एम.जि. विद्यार्थी, शिक्षक र अविभावक सवैलाई मज्जा सँग हँसाउदै आईरहेका छन् । धादिङको कलाकारीतामा उदयीमान एम.जि. रेडियो राजमार्ग ९२.१ मेगाहर्जमा हरेक हप्ताको विहीबार वेलुकी ५ देखी ६ बजे सम्म प्रसारण हुने हाँस्यव्यंग्य रेडियो कार्यक्रम काउकुती पनि सञ्चालन गर्छन् । कार्यक्रम सञ्चालन भएदेखी नै श्रोताहरुबाट राम्रो प्रतिक्रिया आईरहेको उनले बताए । यसैगरी सोहि रेडियो बाट प्रसारण हुने कार्यक्रम जिन्दगीका भोगाई बाट पनि श्रोताको मन छुन सफल भएको उनी बताउँछन् । हरेक हप्ताको मंगलबार राति ९ः१५ देखी १० बजे सम्म प्रसारण हुने जिन्दगीका भोगाईमा श्रोताको भोगाईलाई रेडियो मार्फत प्रस्तुत गर्ने गरेको उनको भनाई छ ।  
धादिङ सहित आसपासका जिल्लाहरुको विभिन्न ठाउँमा करिब चार दर्जन स्टेज कार्यक्रम गरीसकेका एम जि आधा दर्जन भन्दा बढि नेताहरुको आवाजलाई हुबहु नक्कल गर्न सक्छन् । उनले सुशिल कोईराला, केपी शर्मा ओली, पुष्प कमल दाहाल (प्रचण्ड), बावुराम भट्टराई, माधवकुमार नेपाल, रामचन्द्र पौडेल, शेर बहादुर देउवा, बामदेव गौतम, मोहन बैद्य, सुवास नेम्वाङ लगायत नेताहरुको क्यारिकेचर गरी बर्तमान राजनितीक परिवेश माथी तिखो व्यङ्ग गर्दै श्रोता तथा दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाउँदै आएका छन् । यसैगरी विभिन्न चर्चित हास्यँकलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, तक्मे वुढा, माग्ने बुढा, धुर्मुस, खड्का जी, पाँडे, जिग्री, बले सोल्टी, कक्रोज, मुस्कान पासा, ,मुन्द्रे, खडानन्द गुरु , आईते लगायत कलाकारहरुका पनि क्यारिकेचर गर्न सक्दछन् । यसैगरी आफुले कुनै गितहरु बजारमा नल्याएपनि अन्य गितहरुको म्युजिक ट्रयाक बाटै गित गाएर दर्शकहरुलाई मनोरञ्जन दिलाउँदै आएका छन् । साथै अभिनयकै शिलशिलामा नुवाकोटको बट्टारबाट प्रशारण हुने टेलिभिजन टिभी त्रिशुलीको टेली श्रृखला कथा तपाइको दृष्य हाम्रोमा केही भाग अभिनय गरेका एम.जि. अहिले आफ्नो जिल्ला लगायत छिमेकी जिल्लाहरुमा स्टेज कार्यक्रमहरु र अध्ययनमा व्यस्त छन् । 
एम जि कलाकारीतामा तरकारीको मिक्स मसाला जस्तै हुन । उनी हसाउने नचाउने सवै गर्दछन् । विभिन्न डान्सिङ गीतहरु गाएर दर्शकलाई थप मनोरञ्जन दिने र विभिन्न आईटमका गीतहरुमा डान्स गर्ने उनको क्षमता प्रसंसा गर्न लायक रहेको स्थानिय दर्शक बताउँछन् । हुने विरुवाको चिल्लो पात भनेझै एम जी तामाङ्ग सानै उमेरमा नै आफ्नो कलालाई बढि मात्रा अगाडि बढाउन चाहन्थे । त्यहि क्रममा आफनो कला प्रस्फुटन गर्न कति कार्यक्रममा जाँदा भाग लिन नपाई घर फर्किन पर्दा निरास भएको तितो अनुभव पनि आफुमा रहेको उनी बताउँछन् । उनी भन्छन् ‘‘अव कुनै पनि कार्यक्रममा निराश भएर घर फर्किन पर्दैन्, दर्शक तथा आयोजक साथीहरुले मेरो वास्तविक कला बुझिसक्नुभएको छ । यसमा अझै रेडियो राजमार्ग ९२.१ मेगाहर्जको सहयोगले गर्दा नै यो ठाउँ सम्म आईपुग्न सफल भएको छु ।’’ घर परिवार प्रति पनि उत्तिकै उत्तरदायी एम जि राष्ट्रिय स्तरमा पुगी सधंैभरी हसाउने, नचाउने, र समाजसेवामा समर्पित रहने चाहना रहेको बताउँछन् । उनि भन्छन् ‘‘अझै पनि मलाई राष्ट्रिय स्तर सम्म पुग्नको लागी श्रोता÷दर्शकको साथ र सहयोगको आवश्यकता छ ।’’