वैशाख २६ – गृह मन्त्रालयले भूकम्पबाट जनधनको क्षति भएको अवस्थामा काठामाडौंका केही घरधनीले घरभाडा वृद्धि गरेको भन्ने सूचना प्राप्त भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयले पीडामा परेका व्यक्ति तथा समुदायलाई सहयोग गर्नुपर्नेमा विषम परिस्थितिको फाइदा उठाउँदै घरभाडा वृद्धि गर्ने जस्ता कार्य सामाजिक, नैतिक र कानूनी दृष्टिकोणबाट समेत अनुपयुक्त हुने भएकाले त्यस्ता कार्य नगर्न नगराउन आग्रह गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले कोही कसैबाट त्यस प्रकारको कार्य गरेको सूचना प्राप्त भएमा नजिकको सुरक्षा निकाय तथा नेपाल प्रहरीको टेलिफोन नम्बर १००, गृह मन्त्रालयको आपतकालीन कल सेन्टरको टेलिफोन नम्बर १२३४ र सशस्त्र प्रहरीको टेलिफोन नम्बर १११४ मा सम्पर्क गर्न आग्रह गर्नुभयो ।
मन्त्रालयले विपदको समयमा फाइदा उठाइ घरभाडा वृद्धि गर्ने जस्ता कार्य गरेको पाइएमा कानुन बमोजिम कारबाही गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन पनि दिएको छ । रासस
No comments:
Post a Comment