आशिष ठकुरी धादिङ, बैशाख ६ – धादिङको निलकण्ठमा आफ्नै श्रीमतीले आईतबार श्रीमानको हत्या गरेकी छिन् । निलकण्ठ नगरपालिका – २ तिनघरेकी ४१ वर्षिया दाउरी परियारले आज दिउँसो १ बजे आफ्नै श्रीमान् ४५ वर्षिय कृष्ण परियारलाई ढोकामा प्रयोग गरीने आग्लोले टाउकोमा हानेर हत्या गरेकी हुन् ।
टाउकोमा आग्लोले हानेपछि गम्भिर घाईते हुनुभएका परियारलाई उपचारका लागी अस्पताल लैजादैँ गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घरायसी विवादमा घटना भएको प्रहरीले बताएको छ । परियारको शव पोष्टमार्टमका लागी जिल्ला अस्पतालमा राखिएको छ । हत्या गर्ने दाउरीलाई प्रहरीले पक्राउ गरेको छ ।
No comments:
Post a Comment