काठमाडौं, वैशाख ७ – रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया जान यो वर्ष ५१ हजार ४ सय ९९ जनाले भाषा परीक्षाका लागि आवेदन दिएका छन् । बिहीबारदेखि आइतबारसम्म तोकिएको अवधिमा ५१ हजार ४ सय ९९ जनाले आवेदन दिएको वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाले जानकारी दिनुभयो ।
गएको वर्ष ६२ हजार ५१४ जना जनाले भाषा परीक्षाको लागि आवेदन दिएकोमा यस वर्ष ११ हजार १५ जना कमले आवेदन दिएका छन् । काठमाडौँभित्र २६ हजार ८ सय ५५ जना र उपत्यका बाहिर २४ हजार ६ सय ४४ जनाले आवेदन दिएका छन् । परीक्षा उत्तिर्ण हुने आवेदकले उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रमा मात्र रोजगार आवेदन फाराम भर्न सक्नेछन् । यसवर्ष उत्पादनमूलक क्षेत्रतर्फ सात हजार एकसय जनालाई भाषा परीक्षा पास गर्ने अनुमान गरिएकामा चार हजार ९ सय तथा कृषि तथा दुई हजार दुईसय जना पशुपालन क्षेत्रमा कोरिया लैजाने तयारी गरिएको छ ।
गएका वर्षहरूमा भाषा परीक्षा उत्तिर्त भएपनि धेरै नेपाली कोरिया जान नपाएका कारण यो वर्ष कोरियाको आकर्षण घटेको अनुमान गरिएको छ । शाखाका निर्देशक बास्तोलाले कोरीयाको रोजगारी आकर्षणमा कम भएको कारण नभई विभिन्न परीक्षा यही समय परेकोले यो वर्ष गत वर्ष भन्दा कम आवेदन परेको बताउनुभयो ।
भाषा परीक्षा आगामी जेठ ३० र ३१ गते हुने तथा नतिजा साउन १६ गते प्रकाशित गरिने इपिएस कोरिया शाखाले जनाएको छ ।
UJYALOONLINE.COM
No comments:
Post a Comment